भोजपुरमा ‘सडक हेरालु’

भोजपुर । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।
कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए । हेरालुले सानो असावधनीका कारण सडक बिग्रिएर हुने ठूलो क्षतिबाट रोक्न नियमित रूपमा सडकको हेरचाह र मर्मसम्भार गर्ने उनले बताए ।
“हेर्दा सामान्य काम जस्तो देखिन्छ तर सडक सुरक्षाका लागि हेरालुको निकै ठूलो भूमिका हुन्छ । उनीहरूले नियमित रूपमा सडकको हेरचाहसँगै मर्मतसम्भार गर्ने भएका ठूलो क्षति हुनबाट बचाउने अवस्था बन्छ । सडकको बचावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो”, कार्यालय प्रमुख राजनराज रेड्डीले भने । एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको र आगामी दिनमा प्रादेशिक सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने तयारी भइरहेको उनले बताए ।
लेखा अधिकृत चेतबहादुर मोक्तानले छनोटमा परेकाहरूलाई व्यक्तिगत सुरक्षा, सडकको हेरचाहलगायत विषयमा आवश्यक अभिमुखीकरण गरी काममा खटाइएको बताए । हेरालुहरूले सडकको सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, ठूला समस्याको तुरुन्त जानकारी दिई थप क्षति हुनबाट जोगाउनेलगायत जिम्मेवारी निर्वाह गर्ने कार्यालयका प्रशासन शाखा प्रमुख अभिशेक बस्नेतले जानकारी दिए ।













खैरो हिरोइनसहित बैतडीबाट पाँच जना पक्राउ
FNCCI President Dhakal Holds Talks with UAE Economy Under-Secretary
सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया