रवि लामिछानेसहितको थुनछेक बहस सकियो
मेरोन्यूज
२०८१ पुष २५ गते १२:४९

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो।
सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया