सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउँ भन्नेमा छु : विप्लव

महोत्तरी । जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव ले वताएका छन् ।
जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उनकाे भनाई छ ।
पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आईपुगेका माहासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रिय कमिटि बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।
दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको उन्को भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।
‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’
यो देशको समृद्वी उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लबको जोड छ । उन्ले आफ्नो पार्टी अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने बिस्वास व्यक्त गरेका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया