सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउँ भन्नेमा छु : विप्लव

महोत्तरी । जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव ले वताएका छन् ।
जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उनकाे भनाई छ ।
पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आईपुगेका माहासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रिय कमिटि बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।
दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको उन्को भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।
‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’
यो देशको समृद्वी उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लबको जोड छ । उन्ले आफ्नो पार्टी अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने बिस्वास व्यक्त गरेका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया