लागूऔषध र गैँडाको खागसहित झापामा १ जना पक्राउ
मेरोन्यूज
२०८१ पुष २५ गते १६:५४

झापा। लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध पिएभन स्पास प्लस १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान बरामद गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया