लागूऔषध र गैँडाको खागसहित झापामा १ जना पक्राउ
मेरोन्यूज
२०८१ पुष २५ गते १६:५४

झापा। लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध पिएभन स्पास प्लस १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान बरामद गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया