सूर्यदर्शन सहकारी प्रकरणः एमालेकी पूर्वप्रदेश सांसद गुरुङ पाँच लाख धरौटीमा रिहा

पोखरा। पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलनको आरोपमा पक्राउ परेकी एमालेकी नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सदस्य मीना गुरुङ पाँच लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्।
जिल्ला न्यायाधीश नितिज राईको इजलाशले धरौटीमा छाड्ने आदेश गरेको हो । धरौटी बुझाएर उनी बिहीबार नै छुटेकी छिन्।
सूर्यदर्शन सहकारी स्थापना कालमा तत्कालिन तर्दथ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी गुरुङ ०७४ सालमा गण्डकी प्रदेश सभामा समानुपातिकबाट सांसद बनेकी थिइन् । ०७९ को निर्वाचनमा भने उनी कास्की २ ख बाट पराजित भएकी थिइन ।
सोही मुद्दाका मीनाका बुबा तथा सहकारीका पूर्व सञ्चालक कृष्ण गुरुङ एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने आरती गुरुसँग पाँच लाख धरौटी माग भएको छ । उनीहरु तीनै जना धरौटी बुझाएर छुटेका छन्।
प्रहरीले सात जनालाई पक्राउ गरेर मुद्दा दायर गरेकोमा सबैलाई धरौटीमा छाड्ने आदेश भएको छ । पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख, लिला पछाईलाई ३७ लाख तथा रामबहादुर खनालसँग १५ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
प्रतिक्रिया