दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मेरोन्यूज
२०८१ पुष २५ गते १९:३१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
उनलाई संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
पौष २४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया