शनिबार, जेठ १०, २०८२

प्रधानमन्त्री ओलीसँग कमल थापाको भेट, के भयो कुराकानी ?

मेरोन्यूज २०८१ पुष २६ गते १३:१६

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शुक्रबार बालुवाटार पुगेर अध्यक्ष थापाले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा समसामयिक परिस्थितिका बारेमा विमर्श भएको बताइएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको पार्टीका एक नेताले जानकारी दिए ।

भेटमा अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया