‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’

राँझा (बाँके) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए। “दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले पनि काम गर्न नसके जनतामा थप निराशा आउनेछ । यसर्थ सरकारले जनमुखी काम गर्न आवश्यक छ । त्यसका लागि पार्टीबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ”, साउदले भने ।
वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न उनले आग्रह गरे।
पूर्वमन्त्री साउदले सरकार निर्माणताका दुई दलबीच भएको सहमतिअनुसार सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।
नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा डिला सङ्ग्रौला, अब्दुल सत्तार, चम्फा खड्का, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललगायत उपस्थित थिए।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया