जापानमा हथौडा आक्रमणमा परी कम्तीमा ८ जना घाइते

टोकियो । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो ।
जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।
जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा बिस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । जापानमा बन्दूक नियन्त्रणका लागि कडा कानून छ।
एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लामा रहेको क्याम्पसमा आपतकालिन सवारी साधनहरूको लाइन लागेको र साइरेनसहित रातो निलो बत्ती चम्किरहेको देखिएको छ ।
जापानमा सन् २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यालगायत बेलाबेलामा छुरा प्रहार र कहिलेकाहीं गोली हानाहानका घटनासमेत हुने गरेको छ ।
गत डिसेम्बरमा जापानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको म्याकडोनल्ड रेस्टुरेन्टमा एक जुनियर हाईस्कुलका विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो भने अर्का एक जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको थियो ।
सन् २०१९ मा जापानको कावासाकी शहरमा एक जना स्कुले छात्रासहित दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए भने घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया