आईसीसीसी क्यानडा समिटमा ३०० बढी विद्यार्थी सहभागी

काठमाडौं। ‘क्यानडा समिट २०२५’ सम्पन्न भएको छ। बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम तीन सय बढी विद्यार्थीको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै समिट सकिएको हो।
आईसीसीसीका एमडी राम खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको छ। समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्था सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिसँग अन्तरक्रियाको अवसर सहभागीले पाएका थिए।
उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञसँग आफ्ना शैक्षिक योजनामा मार्गदर्शन लिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीले समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन्।
‘धेरै परामर्शदाताले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन्। तर, आईसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने। क्यानडामा अध्ययन गर्नका लागि आईसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा छ।
कार्यक्रममा सहभागी कलेजका प्रतिनिधिले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागी भेटेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा उपस्थित विद्यार्थीले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयमाथि गहन प्रश्न सोधेका थिए।
यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित विद्यार्थीले बताए । आईसीसीसीले भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। कलेजका प्रतिनिधिले पनि आईसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया