नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ ।
राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।
त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ ।
फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ । एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिने जनाइएको छ । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुनेछ ।
एक खेल मात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया