अमेरिकाको डढेलोमा मर्नेको संख्या १० पुग्यो

लस एन्जलस । अमेरिकाको लस एन्जलस सहरमा डढेलोका कारण लाखौं मानिस त्रस्त बनेका छन् । डढेलो सुरु भएको ४ दिन बितिसक्दा पनि नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन ।
यस्तोमा बिहीबार मध्याह्न डढेलोसम्बन्धी टेक्ष्ट अलर्टले सो क्षेत्रमा अर्को त्रास फैलायो । अलर्ट त्रुटिबस लाखौं मानिसको मोबाइलमा गएको थियो । सन्देशमा जोखिमयुक्त ठाउँ छाडेर जान भनिएको थियो । त्यसपछि मानिसहरू आफू खतरामा छु कि छैन भनेर सोधखोज गर्न लागे । तर केही समयपछि सो अलर्ट सच्चिएर आयो । तर यसपछि सर्वसाधारणमा एक खाले क्रोध देखा परेको छ ।
यस्तो विपद्को समयमा जिस्किएको भन्दै सर्वसाधारण रिसाएरहेका छन् । डढेलोमा परेर मर्नेको संख्या १० पुगेको छ । यो अहिलेसम्म पुष्टि भएको संख्या हो । यो संख्या अरु बढ्ने अनुमान गरिएको छ । आगो अनियन्त्रित बन्दै जाँदा आगोमा चपेटामा आएका मान्छेको ज्यान जोगाउन र सम्पत्ति बचाउन दुष्कर बन्दै गइरहेको छ ।












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया