ऐतिहासिक निशान पदमार्गमा पदयात्रा

इलाम। यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको हो ।
नेपाली सेनाको रणशार्दुल गण, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पदयात्रा आज माइबेनी हुँदै इलामको माइस्थान आइपुगेको थियो ।
पदयात्रामा सहभागीहरुलाई विभिन्न झाँकीसहित इलाम नगरका ८ र ७ वडावासीले स्वागत गरेका थिए । सो अवसरमा पदमार्ग पहिचान र प्रचारमा योगदान पु¥याएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छब्बिसेदेखि इलाम सदरमुकामको माइस्थानसम्म ४१ दशमलव एक किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुँदै फिक्कल, रम्फोक, करफोक, हात्तिटार, माइबेनी हुँदै इलाम बजारको माइस्थानसम्म पुग्छ ।
सुगौली सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सिमाना कायम भएपछि हाल भारतको नागरीबाट नेपाली सेनाको श्रीनाथ पल्टनले प्रशासनिक केन्द्रसहित निशान ल्याएर माइस्थानमा स्थापना गरेको थियो । उक्त निशान राखिएको स्थानलाई निशान घर र खलङ्गा भन्ने गरिन्छ ।
सोही समयमा नेपाली सेनाले निशान ल्याएर फर्किएको पदमार्गलाई ऐतिहासिक पदमार्गको रुपमा विकास गर्न पदयात्रा गरिएको हो ।











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया