ट्रम्प हस मनि मुद्दामा दोषी ठहर तर जेल र जरिवानावाट भने मुक्त

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक वयस्क चलचित्र अभिनेत्रीलाई हश मनी भुक्तानीमा दोषी ठहराएको छ ।
जसका कारण ‘बिना शर्त डिस्चार्ज’ भनेर चिनिने सजायँ ट्रम्पलाइ सुनाइएको छ, जसका कारण उनलाई कुनै अपराधको लागि सजाय पाएको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा इतिहासमा दर्ज भएको छ ।
जनवरी २० मा रिपब्लिकन नेता ट्रम्पको सपथ ग्रहण गर्नु अघि सजायमा ढिलाइ गर्न ट्रम्पको कानूनी टोलीले गरेको प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको एक दिनपछि न्यायाधीश जुआन मर्चनले शुक्रबार फैसला सुनाएका हुन् ।
एक ‘बिना शर्त डिस्चार्ज’ को अर्थ हो कि ट्रम्पको सजाय उनको स्थायी रेकर्डमा देखा पर्नेछ तर उनले जेल, जरिवाना, वा प्रोबेशनको सामना भने गर्नुपर्दैन् ।
उसलाई ह्वाइट हाउसमा प्रवेश गर्नको लागि बाटो भने अबरोध हुने छैन् ।
ट्रम्पले यसअघि २०१७ देखि २०२१ सम्म राष्ट्रपतिको रूपमा सेवा गरेका थिए, मेको अन्त्यमा स्टर्मी ड्यानियल्सलाई भुक्तान गरेको हुश मनी भुक्तानीसँग सम्बन्धित व्यापारिक कागजातहरू झूटो बनाउने ३४ गन्तीमा दोषी पाइएको थियो ।
निर्वाचित अमेरिकी राष्ट्रपतिले भने आफुमाथीको आरोप अस्वीकार गरेका छन् र उनले आफ्नो दोषीलाई पुनरावेदन गर्ने योजना बनाएको बताएका छन्। शुक्रबारको सजाय सुनुवाइमा भर्चुअल रूपमा उपस्थित भएका ट्रम्पले आफ्नो आपराधिक परीक्षण र सजाय ‘धेरै डरलाग्दो अनुभव’ भएको जनाउँदै आफूले कुनै अपराध नगरेको दाबी गरेका थिए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया