वकिल एल्विन ब्राग, जसका कारण ट्रम्प अपराधी प्रमाणित भए, खासमा यो मुद्दा के हो त ?

न्युयोर्क । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् ।
अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो।
मुद्दा अदालतमा पुगेपछि अभियोजनकर्ताले आरोपको पक्षमा बहस गरेर अपराध भएको प्रमाणित गर्नु पर्ने हुन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार यस केसका कारण सरकारी वकिलको रूपमा एल्विन ब्रागको विश्वसनीयता खतरामा परेको थियो, कतिपयले यसलाई जोम्बी अर्थात् मृत केसका रूपमा लिएका पनि थिए ।
तर, मुद्दालाई निष्कर्षमा पु¥याएर एल्विनले अमेरिकी इतिहासमा आफ्नो नाम दर्ता गराएकी छिन । उनी पहिलो अभियोजक हुन्, जसको तर्कले एक अमेरिकी राष्ट्रपतिलाई दोषी प्रमाणित मात्र भएनन, उनलाई सजाय पनि भयो।
‘मैले भर्खरै मेरो काम पुरा गरे,’ ब्रागले सुनुवाई पछि भनिन ।
खासमा यो मुद्दा के हो त ?
ट्रम्पले पोर्नस्टारलाई पैसा दिएर चुप लगाउने बिषय सन २००६ देखी जोडिएको छ । जतिबेला डोनाल्ड ट्रम्प घरजग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षको मात्र थिइन भने ट्रम्प ६० वर्षका थिए । जुलाई २००६ मा एक गल्फ टूर्नामेंट को समयमा दुईबिचमा भेट भएको थियो ।
तर, स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटको प्रसङ्ग उल्लेख गरेकी छिन्। उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई भर्खरै मात्र जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै थियो ।
पुस्तकमा स्टर्मीले भनेकी छिन् कि, ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ पेन्टहाउसमा डिनरको लागि आमन्त्रित गरेका थिए। पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रूप पनि उल्लेख गरेका छन् । त्यसपछि यी दुईबीच अफेयर सुरु भएको थियो ।
तर, ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाइ चुप लागेर बस्न स्टर्मीलाई पैसा दिएका आरोप पछि लगाइएको थियो । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए ।
ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानीको समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो । यसै आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गर्ने निर्णय भएको थियो । अन्ततः आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति मात्रै भएनन, अपराधीको पहिचान बोकेर उनी २० जनवरीमा पद तथा गोपनियताको सपथ लिदैँछन् । अमेरिकाको इतिहासमा यो पहिलो घटना हो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया