क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म ११ जनाको मृत्यु भएको छ ।
यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।
विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ ।
स्थानिय प्रशासनले सो क्षेत्रका ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइसकेको छ । शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ । १ लाख मानिस बिजुलीविहीन बाँचिरहेका छन् ।
लस एन्जलस काउन्टी सेरिफ रोबर्ट लुनाले त्यहाँको अवस्थाका बारेमा भने, ‘यी क्षेत्रहरूमा परमाणु बम खसालेको जस्तो देखिन्छ।’
धेरै ठाउँमा पानीका हाईड्रेन्ट सुकिसकेका छन् । त्यसैले कतिपय ठाउँमा धाराको पानी प्रयोग गर्न निषेध गरिएको छ । फोहोर पानीका कारण स्थानियको स्वास्थ्य स्थिति बिग्रिएको प्रशासनको आशंका छ । उनीहरूले स्थानियलाइ पानी उमालेर पिउने भनेका छन ।
हालसम्म सो आगलागीले पेरिस हिल्टन, टम ह्यान्क्स, स्टिभन स्पिलबर्गजस्ता हलिउड सेलिब्रेटीहरूको घर जलेका छन भने उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गरिएको छ ।
सोही क्रममा राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम बिदेश भ्रमणको रूपमा तय गरिएको इटाली भ्रमण अन्तिम समयमा रद्द गरेका थिए ।
















देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया