लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मेरोन्यूज
२०८१ पुष २७ गते १२:१५

काठमाडौँ । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।
सम्बन्धित
प्रतिक्रिया