पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। ५८६ घरमा पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो।

काभ्रेपलान्चोक। असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित पनौतीका स्थानीयको जमिन यकिन गर्न थालिएको छ। बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साबिकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य शुरू गरेका हुन्।
बाढीपहिरोबाट भएको क्षतिको मुल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साबिकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट काम थालिएको हो। सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनर्स्थापना शुरू गरिएको नगरप्रमुख रामशरण भण्डारीले बताए। “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गाको अवस्था यकिनको विकल्प देखिएन,” उनले भने, “आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ।”
पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो। तीन कार्यालयका टोलीले डीजीपीएस, ड्रोन, टोटल स्टेसन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताए। उनका अनुसार टोलीले डीजीपीएस प्रविधिबाट साबिकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ। उक्त क्षेत्रको जमिनको यकिन गर्न तीन महिना लाग्ने जनाइएको छ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। ५८६ घर पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो। ११ हजार ६३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ।
















दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया