शाहरूख, सलमानका बर्डीगार्डले लिन्छन २ करोड बढी पारिश्रमिक

मुम्बइ । बलिउड स्टारहरूले आफ्नो सुरक्षाको विशेष ख्याल राख्नुपर्छ, त्यसैले सलमान खानदेखि शाहरुख खानसम्म सबैको व्यक्तिगत अंगरक्षक हुन्छ।
तर, जसको सबैभन्दा बढी चर्चा सलमानका अंगरक्षक शेरा र शाहरुखका अंगरक्षक रवि सिंहको हुने गर्दछ । हालैको पोडकास्टमा युसुफ इब्राहिमले यी दुईको कमाईको बारेमा धेरै खुलासा गरेका छन् ।
युसुफ इब्राहिम एक प्रसिद्ध सुरक्षा सल्लाहकार हुन्। उनले आफ्नो करियरको शुरुवाती दिनदेखि नै आलिया भट्ट र वरुण धवनलगायत धेरै ए–ग्रेड सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्दै आएका छन्। हालै एक पोडकास्टमा प्रख्यात टिभी होस्ट सिद्धार्थ कन्ननले युसुफ इब्राहिमलाई सोधे कि शाहरुखका अंगरक्षक रवि सिंहले वार्षिक २.७ करोड भारु तलब पाउँने गरेका छन । इब्राहिमको जवाफ थियो, यो सम्भव छैन । अर्थात् युसुफ इब्राहिमका अनुसार रवि सिंहको तलबलाई लिएर चलिरहेको समाचारको कुनै औचित्य छैन ।
तर, सलमानका अंगरक्षक शेराको वार्षिक २ करोड कमाइको बारेमा सोध्दा युसुफले अर्कै जवाफ दिए । शेराको पनि आफ्नै सुरक्षा निकाय रहेको उनले बताए । यस बाहेक उनी धेरै व्यवसायमा पनि संलग्न छन्, त्यसैले सम्भव छ कि उनले यति धेरै आम्दानी गर्दैछन्। शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो र उनी करिब दुई दशकदेखि सलमान खानको अंगरक्षकको रूपमा रहेका छन् । शेराले टाइगर सेक्युरिटीको नाममा आफ्नो एजेन्सी चलाउँछन् ।
उता, अक्षय कुमारका अंगरक्षक श्रेयसे ठेलेले वार्षिक १.२ करोड कमाउने बताइएको छ । यसबारे युसुफ इब्राहिमले भने, ‘मसँग उनको व्यक्तिगत जानकारी छैन । मासिक रुपमा हेर्दा १० देखि १२ लाख रुपैया हुन पनि सक्छ । वास्तवमा यो सुटिङ कार्यक्रम वा प्रमोशनको बिलिङ के भइरहेको छ, अंगरक्षकको तलब कति छ र सेलिब्रिटीहरूले महिनामा कति दिन काम गर्छन आदिमा भर पर्छ ।
यद्दपी, उनल भने सेलिब्रेटीको बडीगार्डहरूले करोडौं रकम लिने गरेका छन् ।
















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया