केन्द्रीय सदस्य दिपेन्द्रसहित जनमत पार्टीका दर्जनौं नेता जसपा नेपालमा प्रवेश
मेरोन्यूज
२०८१ पुष २८ गते १६:३०

जनकपुरधाम। जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।
आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरु प्रवेश गरेका हुन् ।
जनमत पार्टीका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, नरेश यादव लगायत जनमतका नेताहरु जसपा नेपालमा प्रवेश गरी पार्टी सदस्यता लिएका छ्न्।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गराएका थिए ।
सम्बन्धित









एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया