मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोलि कार्यदलको पहिलो संयुक्त बैठक

काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाइ तिव्रता दिएका छन् ।
संसदमा प्रतिनिधित्व गर्नेदेखी संसद् बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ ।
बैठकमा अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव सहभागी हुनेछन् ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन् भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।
संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया