मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोलि कार्यदलको पहिलो संयुक्त बैठक

काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाइ तिव्रता दिएका छन् ।
संसदमा प्रतिनिधित्व गर्नेदेखी संसद् बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ ।
बैठकमा अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव सहभागी हुनेछन् ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन् भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।
संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।









एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया