कब्जामा राखेका ३३ बन्दी रिहा गर्न हमास सहमत देखिएको छ : इजरायल

दोहा। प्यालेस्टाइनी बिद्रोही समुह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ ।
दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएका हुन् ।
हमास–इजरायल बिच युद्दबिराम गर्ने बारेको छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताको पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन ।
‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उधृत गर्दै अल जजिराले लेखेको छ ।
मध्यपूर्व अस्थिर भएको तथा गाजालाई ध्वस्त पारेको १५ महिना पछि दुवै पक्ष युद्दबिराम नजिक पुगेका छन । साथै, घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।
इजरायली सरकारका अनुसार हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जनालाई अझै पनि उनीहरूको कब्जामा छन, जसमध्य कम्तीमा ३४ जना मारिएको जनाइएको छ । इजरायल यो विश्वास गर्दछ कि सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकहरू मध्ये धेरैजसो जीवित छन्, एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई भने तर सो सुचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।
हमास र इजरायल बिचमा कम्तिमा ४२ दिने युद्धविराममा हुने अपेक्षा गरिएको छ ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया