दशौँ राष्ट्रिय योग दिवस मनाइयो
मेरोन्यूज
२०८१ माघ १ गते १४:०३

अछाम। ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताए । शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।
योग दिवसमा उपस्थित सबैलाई जङ्गली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले जानकारी दिए ।
सम्बन्धित












पुस २४ गते बिहिवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया