विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र इजरायलका विदेशमन्त्री गिडियन सारबीच मंगलबार साँझ फोनवार्ता भएको छ ।
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले आज (मंगलबार) साँझ इजरायलका विदेशमन्त्री सारसँग फोनवार्ता गरेकी हुन् ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी छन् ।
फोनवार्तामा मन्त्री राणाले इजरायल सरकारले विपीनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपीनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न विशेष आग्रह गरेकी थिइन् ।
त्यस अवसरमा मन्त्री सारले विपीनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री राणालाई गराएका थिए ।
साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्रीसँग कुराकानी गरेकोमा खुसी व्यक्त गरेका थिए ।
कतारका मन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।
आज बिहान नै मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।
हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा. राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपीनको रिहाइका लागि अपिल गरिरहेकी छन् । गत हप्तामात्र उनले इजिप्ट सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।
विपीनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपीनको रिहाइका लागि आग्रह गर्दै आएकी छन् ।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया