विपक्षी दलको हिजो स्थगित पत्रकार सम्मेलन आज

काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।,
हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्बजनिक गरिएको छैन् ।
बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।
पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियो, बुधवार बसेको बिपक्षी दलको बैठकले साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन आजका लागि सरेको हो ।
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया