यीनै हुन्, इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

दोहा । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको बताइएको छ ।
उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । उनले जारी विज्ञप्तिमा सबै कुरा ठीक भएमा र यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबार देखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणा गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् ।
इजरायल र हमासबीचको यो सम्झौतामा कतारको ठूलो भूमिका रहेको बताइएको छ । यो किन पनि भने कतारका प्रधानमन्त्रीले इजरायल र हमासलाई सम्झौतामा ल्याउन सक्दो प्रयास गरेका थिए। कतारले मात्र यो सम्झौता गर्न सक्नेमा इजरायल विश्वस्त रहेको बताइएको छ । यो सम्झौताका शिल्पकार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी हुन्। यीनै तीनै व्यक्ति हुन, जसले दुवै देशलाई आफ्नो माटोमा राखेर युद्दबिरामका लागि छलफल गर्न बाध्य पार्यो । जसको शब्द बेन्जामिन नेतान्याहु आफैं पनि टार्न सकेनन्।
वास्तवमा इजरायल र हमास दुवैलाई कतारमा विश्वास थियो। कतार इजरायल, अमेरिका र हमाससँग सम्पर्क राख्ने देश हो। कतारको तीनै देशसँग राम्रो व्यापार सम्बन्ध छ तर इजरायल–हमास युद्ध रोक्न अरू धेरै देशले भूमिका खेलेका छन् । यी सबैको बावजुद कतारको भूमिका माथि छ । समाचार अनुसार युद्धविराम सम्झौताका सम्बन्धमा इजरायल र हमासबीच अन्तिम वार्ता जनवरी १४ मा कतारमा भएको थियो। शेख मोहम्मद बिन अब्दुल अल थानीले यो कुराकानीको आयोजना गरेका थिए।
युद्धविरामको घोषणा गर्दा कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा कतार राज्य, अरब गणतन्त्र इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजामा द्वन्द्वका पक्षहरूले बन्धकहरूलाई रिहा गर्न र स्थायी शान्तिको बदलामा दिगो शान्तिमा फर्कन सहमत भएको घोषणा गरेको बताएको छ। बन्धकहरू र कैदीहरूका लागि सम्झौता गरेका छन् ।
















सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया