मंगलबार, वैशाख ८, २०८३

प्रेस सङ्गठनका अध्यक्ष कारबाहीमा

मेरोन्यूज २०८१ माघ ४ गते १९:३३

काठमाडौँ । नेपाल कम्कयुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीलाई कारबाही गरिएको सो सङ्गठनले जनाएको छ ।

Advertisement
NiccNicc

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा आज बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकले अध्यक्ष सुवेदीले सङ्गठनको हितविपरीत कार्य गरेको भन्दै सङ्गठनबाट निष्कासन गरिएको हो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठनका इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज दामोदर अर्याल, केन्द्रीय कमिटी सदस्य चमिना भट्टराईको उपस्थितिमा बसेको उक्त बैठकले छिट्टै पदाधिकारीको बैठक बसी केन्द्रीय कमिटीको बैठकको टुङ्गो लगाउने निर्णयसमेत गरेको उपाध्यक्ष छत्कुलीले जानकारी दिए ।

बैठकमा पार्टी उपाध्यक्ष ज्वालाले सङ्गठनको अनुशासन र हितविपरीत कार्य गर्न कसैलाई पनि छुट नभएको बताउँदै सामाजमा सत्य तथ्य सूचना प्रवाहमा सङ्गठनको भूमिका सकृय बनाउन निर्देशन दिएका छन् । सङ्गठनका सहइन्चार्ज अर्यालले सङ्गठनले पत्रिकारिता क्षेत्रको आदर्शलाई कायम गर्दै जनअधिकार तथा देश विकासका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया