प्रेस सङ्गठनका अध्यक्ष कारबाहीमा

काठमाडौँ । नेपाल कम्कयुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीलाई कारबाही गरिएको सो सङ्गठनले जनाएको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा आज बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकले अध्यक्ष सुवेदीले सङ्गठनको हितविपरीत कार्य गरेको भन्दै सङ्गठनबाट निष्कासन गरिएको हो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठनका इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज दामोदर अर्याल, केन्द्रीय कमिटी सदस्य चमिना भट्टराईको उपस्थितिमा बसेको उक्त बैठकले छिट्टै पदाधिकारीको बैठक बसी केन्द्रीय कमिटीको बैठकको टुङ्गो लगाउने निर्णयसमेत गरेको उपाध्यक्ष छत्कुलीले जानकारी दिए ।
बैठकमा पार्टी उपाध्यक्ष ज्वालाले सङ्गठनको अनुशासन र हितविपरीत कार्य गर्न कसैलाई पनि छुट नभएको बताउँदै सामाजमा सत्य तथ्य सूचना प्रवाहमा सङ्गठनको भूमिका सकृय बनाउन निर्देशन दिएका छन् । सङ्गठनका सहइन्चार्ज अर्यालले सङ्गठनले पत्रिकारिता क्षेत्रको आदर्शलाई कायम गर्दै जनअधिकार तथा देश विकासका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया