रास्वपाले गर्यो कोसी प्रदेश सभापति तिम्सिनालाई निलम्बन
मेरोन्यूज
२०८१ माघ ४ गते १९:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । “केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ,” पत्रमा भनिएको छ ।
पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया