दुई कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
यसरी अनुमति पाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स छन् । दुवै कम्पनीलाई बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री लागि अनुमति दिएको हो । यही माघ ३ गतेबाट यस्तो अनुमति पाएको सो कम्पनीले सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटललाई राखेको छ ।
बोर्डले ओम मेगाश्रीलाई १८ करोड बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुईवटा कम्पनीको ८५ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको ८५ लाख ५० हजार कित्ता साधाण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया