खैरो हेरोइनसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८१ माघ ५ गते ९:२६

धनगढी । कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरी १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया