शुक्रबार, फागुन २, २०८१

पाकिस्तानमा सैन्य कारबाहीमा ५ आतङ्ककारी मारिए

मेरोन्यूज २०८१ माघ ५ गते २०:११

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।

Advertisement
IMEnabil

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार सुरक्षा बलहरूले आतङ्ककारीहरूको उपस्थितिको सूचनामा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरेको हो । “अपरेशनको सञ्चालनको क्रममा पाँच आतङ्ककारीहरू मारिएका र एकलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।”

आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रबाट अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेसन सञ्चालन भइरहेको बताइएको छ ।

सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया