मंगलबार, वैशाख ८, २०८३

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैनः देव गुरुङ

मेरोन्यूज २०८१ माघ ५ गते २१:१३

दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन्।

Advertisement
NiccNicc

आज आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए।

महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए।

‘माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो। त्यसलाई जनताले र गलत प्रमाणित गरिसके। अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ। पार्टीलाई बलियो बनाउन लागौँ,’ उनले भने।

प्रतिक्रिया