मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु
मेरोन्यूज
२०८१ माघ ६ गते १३:०६

बागमती । भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
शनबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
प्रतिक्रिया