यु-१९ महिला विश्वकपकाे दोस्रो खेलमा आज नेपालको भिडन्त स्कटल्याण्डसँग

काठमाडौं ।आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो। जेपालले पहिलो खेलमा बंगलादेशसँग टस हारेर सुरुमा ब्याटिङ गरेको थियो। बंगलादेशविरुद्ध १८.२ ओभरमा नेपाल ५२ रनमा अलआउट भएको थियो।
५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो। पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन्।
नेपालको समूह चरणको अन्तिम अर्थात् तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया