पहिलो लटमा इजरायलले रिहा गर्याे ९० प्यालेस्टाइनी बन्दी

तेल अभिव । इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।
इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।
यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन्। टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो।
बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् । युद्बबिराम पछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुबैमा उत्सव मनाएका छन् ।
युद्धविराम घोषणा भएपछि, इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सय भन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए। प्यालेस्टाइनी नागरिकहरू युद्धग्रस्त क्षेत्रहरूबाट घरहरू निरीक्षण गर्न र आफ्ना आफन्तहरूलाई गाड्न फर्किरहेका छन्।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया