सोमबार, जेठ ५, २०८२

तालिबानको घोषणा, ‘२ अमेरिकी बन्धक रिहा गर्दैछाैं’

मेरोन्यूज २०८१ माघ ८ गते १३:३६

काबुल। अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ ।

काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन तर दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार गरिएका र क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको लागि साटासाट गरिएको बताएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको थियो। 

यो जानकारी अफगानिस्तानको बिदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिएको हो ।
 

प्रतिक्रिया