आक्रमणपछि पनि सैफ अलीको बगैंचामा २ घण्टासम्म लुकेका थिए अभियुक्त

मुम्बइ। बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्नेबारे नयाँ खुलासा भएकाे छ ।
हमलाका अभियुक्त शरीफुल इस्लाम शहजाद सैफमाथि हमला गरेपछि फरार भएका थिए । प्रहरी र मुम्बई क्राइम ब्रान्चको दर्जनौं टोलीले उनलाई दिनरात लगाए खोजेका थिए ।
पक्राउ परेपछि अभियुक्तले आफ्नो परिचय नक्कली दिएका थिए । तर, प्रहरीले सत्यतथ्य खुलाउन र सत्यतथ्य प्रमाणित गर्न उनीसँग सोधपुछ गर्दा उनको मोबाइलमा बंगलादेशबाट स्कुल छोडेको प्रमाणपत्र फेला परेपछि असली परिचय खुलेको थियो ।
अभियुक्तलाई आइतबार प्रहरी चौकीबाट पक्राउ गरिएको हो । सुरुमा अभियुक्तले अनुसन्धान अधिकारीलाई बहकाउन गलत सूचना दिए । उनले आफू कोलकाताको बासिन्दा भएको दाबी गरेका थिए । र, अभियुक्तले यसअघि प्रहरीलाई आफ्नो नाम विजय दास बताएको थिए ।
पछि उनको नाम शरीफुल इस्लाम शहजाद मोहम्मद रोहिल्ला अमिन फकीर भएको खुलासा भयो । अभियुक्तको उमेर ३० वर्ष रहेको छ ।
प्रारम्भिक अनुसन्धानको आधारमा एक प्रहरी अधिकारीले भने, “आक्रमणपछि फकिर सैफ अली खान बस्ने सतगुरु शरण भवनको बगैंचामा लुकेका थिए। पक्राउ पर्ने डरले उनी करिब २ घण्टा त्यहीँ लुकेर बसे ।’ उनी ठूलो रकम चोर्ने नियतले नै साे अपार्टमेन्टमा प्रवेश गरेको प्रहरीले जनाएको छ ।
वास्तवमा पक्राउ परेपछि पुलिसलाई झुक्याउन उनले आफू कोलकाताको र आफ्नो नाम विजय दास हो भनेका थिए । यद्यपि उनले यो प्रमाणित गर्ने कुनै कागजात देखाउन भने सकेनन्। त्यसपछि सोधपुछका क्रममा उनले वास्तविकता खुलाएका थिए ।
प्रहरीले भन्यो, “उनले आफ्नो भाइलाई फोन गरेर आफ्नो स्कूल छोडेको प्रमाणपत्र पठाउन भने। उसको भाइले उनलाई फकिरको फोनमा पठायो। यो कागजात उनी बंगलादेशको नागरिक भएको प्रमाणित गर्ने बलियो प्रमाण हो।’










आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित
प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
एनपिएलको तयारी पूरा
प्रतिक्रिया