सहमति अनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

बागलुङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मनत्री सिंहले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहको जोड छ ।
त्यस्तै, सिंहले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे। सरकार ७ बुँदे सहमतिकै भावना अनुसार अघि बढिरहेको भन्दै सहमति अनुसार नै कांग्रेस– एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे । सहमति अनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुने मन्त्री सिंहको भनाई छ ।
उपप्रधानमन्त्री सिंहले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
















US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया