टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

इस्तानबुल,टर्कीेए । उत्तरपश्चिम टर्कीएको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।
टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।
सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए ।
घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने,“हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । “यो एकताको दिन हो,”उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए ।
टर्कीए सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको बताए ।
आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए ।













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया