विपक्षीको पोस्टमा रियल म्याड्रिडले गर्यो पाँच गोल
मेरोन्यूज
२०८१ माघ १० गते ६:३८

काठमाडौं । रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा रेडबुल साल्जबर्गलाई ५-१ ले हराएको छ।
प्रतियोगिताको सुरुवातका ६ खेलमा तीन हार तथा तीन जितको सामना गरेको रियलले सातौँ खेलमा उत्कृष्ट लय देखाएको हो।गएराति भएको खेलमा रियलका लागि पहिलो हाफमा नै रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।
यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अङ्कसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अङ्क छ। आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बिचको अन्तर एक अङ्क मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।
सम्बन्धित
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया