जाडोको समयमा खानुहोस् यी सुप

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।
यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्त्वको कमी हुन दिनु हुँदैन ।पोषणविद्का अनुसार केही मानिसहरू भिटामिनको कमीलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन थाल्छन्। तर मल्टि भिटामिनको कमीलाई पूर्ति गर्न, आफ्नो आहारामा केही सूप समावेश गर्न सकियो भने धेरै नै फाइदा हुनेछ ।
मकै र पालक सुप
पालक र मकैको सुपमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउन काम गर्छ। मकैमा फाइबर र भिटामिन बी कम्प्लेक्स पाइन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । साथै, पालकमा पोटासियम र म्याग्नेसियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ।
चुकन्दर र गाँजर सुप
चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसका कारण शरीरमा रगतको कमी हुँदैन । साथै, गाँजरमा भिटामिन ए हुन्छ, जुन छाला र आँखाका लागि फाइदाजनक हुन्छ। चुकन्दर र गाँजरको सुप पिउनाले रक्तसञ्चार पनि बढ्छ । जसले गर्दा भिटामिनको कमी हुँदैन ।
मुग दालको सुप
मुगको दालमा प्रोटिन र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशी बलियो बनाउन काम गर्छ। यसले भिटामिन बी–९ को कमीलाई पनि हटाउँछ। मुगुको दालमा पनि फाइबर पाइन्छ । यसले पाचन र कब्जियतसँग सम्बन्धित समस्याहरू हटाउँछ। यसमा कम क्यालोरी सामग्री छ। यसले तौल घटाउन पनि मद्दत गर्छ ।
यी तीन सूप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । यसको सेवनले चिसोबाट पनि बचाउँछ र मल्टिभिटामिनको कमी पनि पूरा गर्छ ।
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया