भारतमा रेलले किच्दा ३ नेपालीको मृत्यु
मेरोन्यूज
२०८१ माघ १० गते ११:४६

काठमाडौं। भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो ।
त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए । त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको हाे ।
साे दुर्घटनामा ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया