ब्राउसुगरसहित सिरहामा दुई जना पक्राउ

सिरहा । पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ।
करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्याउने र उताबाट ब्राउन सुगर, कोरेक्स, ट्याबलेटलगायत नेपाल भित्र्याउने गरेको पाइएको हो।
बिहीआार मात्र प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। भारतीय बजारबाट नेपालतर्फ ल्याउँदै ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले सिरहा नगरपालिका वडा १७ खैरटोका भन्सार गेटबाटै पक्राउ गरेको छ।
मोटरसाइकल चेकजाँचको क्रममा पाँच ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको छ।
यता, प्रहरी प्रशासन र स्थानीय सरकारहरूले लागुऔषध विरुद्धको दिवस मनाएर मात्रै वर्षेनी लाखौ खर्चिने गर्छन्।
स्थानीय सरकारहरूले यसको नियमन, अनुगमन, नियन्त्रण र जरीवाना लगायतको कुनै ठोस निर्णय लिन नसकेकाले लागुऔषध तस्कर तथा प्रयोगकर्ताहरूले चुनौती दिइरहेका छन्।
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया