तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना छैन : महिलामन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना नरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गजेन्द्र नारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निजी स्वार्थका कारण मधेसवादी दलहरु फुटेको बताए ।
उनले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने उनको भनाइ छ । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताए ।
उनले भने, ”निजी स्वार्थका लागि मधेसवादी दलहरु छिन्नभिन्न भएका छन् । सबै स्वार्थमा लाग्नुभएको छ । मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा । स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन । मधेसवादी सबै नेताहरु एक हुनु राम्रो कुरा हो । तर एक हुने सम्भावना देखेको छैन ।”
मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरु एक हुनु राम्रो भएको बताए ।
















अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया