‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–२’को पुरस्कार वितरण

काठमाडौं। महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता- संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार वितरण गरियो ।
उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारसराज बर्जाचार्य तेस्रो हुन सफल भए ।
विजेताले प्रमाणपत्रका साथमा क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।
पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरमार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए ।
प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।
यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।









एमाले महाधिवेशनमा बन्द सत्र सुरु
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया