तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढैछ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् ।
बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताए । उनले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरे ।
आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थु्र हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरु आफैले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरुको पनि साथ लिने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरुलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए ।










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया