महोत्तरीको बर्दिवासमा लगाईने भनिएको महोत्सव विवादित

महोत्तरी। महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने बिषय विवादित बनेको छ ।
उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको वेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको हो ।
आधा दर्जन संघ, संस्थाहरुले महोत्सवको लागि निवेदन दिएसँगै विवाद सावधानको लागि नगरले माघ- ८ गते उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा सात सदस्य गठन समेत गरेको थियो ।
तर, सवै संघ, संस्थाको प्रतिनिधित्व हुनेगरी बनेको समितिले महोत्सव कस्ले लगाउने भन्ने सम्बन्धमा सहमति निकाल्न नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको समितिका संयोजक विष्णु खड्काले जानकारी दिए ।
असहमतिका वावजुत पनि नगरले हाम्रो माया घरलाई अनुमति दिएपछि स्थानीय व्यापारीले आन्दोलनको तयारी गरेका छन् । ‘हजारौ व्यापारीको साझा संस्था उधोग वाणिज्य संघलाई अनुमति नदिइकन हाम्रो माया घरलाई अनुमति दिनु त्यति उचित देखिँदैन ।’ स्थानीय व्यापारी बिष्णु पुरीले भने, ‘यो विषयमा नगरले पुनरावलोकन गर्नुपर्छ ।’
महोत्सवबाट आर्थिक कलेक्सन मात्र हैन परिमार्जन गर्नुपर्ने थुप्रै विषयवस्तु भएको बताउँदै होटल पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले महोत्सवलाई पैसा आर्जन गर्ने नाममा कसैलाई पनि विकृत बनाउने छुट नभएको बताए ।
आवस्यक परे कालो झण्डा देखाएर अहिले लगाउने भनिएको महोत्सवलाई विरोध गर्न समेत बाध्य हुनुपर्ने उनको भनाई छ ।
तर, नगरले भने कसैलाई काखा र कसैलाई पाखा नगरी सामाजिक प्राथमिकतालाई आधार वनाईएको बताएको छ । ‘माया घरको योजना र दिर्घकालिन भविष्य निक्कै शुन्दर छ त्यसैले हाम्रो माया घरको लागि सवैले सहयोग गर्नुपर्छ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
यता महोत्सवको विषयमा व्यापारीहरुले विरोध जनाएपछि हाम्रो माया घरले पनि छलफल प्रक्रिया अगाडी बढाएको छ । आज नै उधोग बाणिज्य संघलाई माया घरले सहयोगको लागि पत्र पठाएको सचिव चेत कुमार थापाले बताए ।
‘विरोध छ भन्ने सुनेको छु तर हाम्रो पत्रको उधोग वाणिज्य संघले आधिकारिक जवाफ दिएको छैन,’ सचिव थापाले भने, ‘हामी छलफलबाट अगाडी बढछौं ।’
उधोग वाणिज्य संघको आजको बैठकमा बस्तुगत संस्थाले समेतविरोध जनाएका छन् । माया घरलाई अनुमति दिनु अपरिपक्क भएको वताउदै अविलम्ब उक्त निर्णय सच्याउन माग गरेका छन् ।















मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया