अमेरिकामा ५८३ आप्रावासी पक्राउ, सैन्यबिमानवाट देश निकाला सुरू

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ।
यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए।
क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।’
‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भने। ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सिमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो।
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्त्वपूर्ण निर्णय लिएका थिए। सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।









ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया