संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए ।
कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आ–आफ्नो मन्त्रालयले गरिरहेका कामका बारेमा बैठकमा जानकारी गराएको प्रमुख सचेतक घिमिरेले बताए ।
उनले भने, ‘मैले संसद्को तर्फबाट विधेयकको अवस्था र कति छ र कुन अवस्थामा छ । कति पारित गर्न सक्छौँ भन्नेबारे जानकारी गराएँ ।’


















कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया