पेटमा ग्याँस भरिनुको कारण यस्तो, कसरी गर्ने उपचार ?

कहिलेकाहीं हामीले केही नखादा पनि हाम्रो पेट ग्याँसको कारण फुल्लिने र भरिने हुन्छ । चिकित्सकीय क्षेत्रमा यसलाई ‘बोल्टिङ’ पनि भनिन्छ । यस्तो समस्या विशेष गरेर पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । व्यक्तिमा यस्ता अवस्था देखा पर्नु पछाडि क्रोनिक अवस्था रहेको हुन्छ ।
जसकारण २४ प्रतिशत व्यक्तिहरुमा ‘इरिटेबल बवेल सिन्ड्रोम’ समेत देखा पर्दछ । यसका साथै अन्यमा भने ग्याँस भरिएकै कारण व्यक्तिमा कब्जियतका समस्या समेत देखा पर्दछ । यससँगसँगै यस्ता समस्या देखा परेको व्यक्तिमा शरीरको केही भाग चलाउन असहज हुने, पेट दुख्ने, पेटमा ग्याँस भरिने, झाडा वा कब्जियत या दुवै हुन सक्ने हुन्छ । व्यक्तिमा यस्तो देखा परेपश्चात यसले सिधै आन्द्रामा असर पु¥याउँछ । यस्ता समस्या देखा पर्नु पछाडि निम्न कारणहरु रहेका छन्ः
खाली पेट
आवश्यकभन्दा बढी खानाको प्रयोग
असन्तुलित खानाको मात्रा बढी
हावा वा चिसोको कारण कार्वाेहाइड्रटयुक्त तथा ग्याँस भरिएका खाना तथा पेय पदार्थको सेवन
उच्च फाइबरयुक्त अन्नको प्रयोग
चुइगम तथा अल्कोहलको प्रयोग
रोकथाम तथा उपचार :
हामीले यसको यसो हुन नदिनको निमित्त हाम्रो खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्दछ । हामीले यस्ता समसया के कारणले देखा पर्दछ भन्ने कारणहरुबारे जानकारी लिई त्यस्ता बानीहरु बाट टाढै रहनु पर्दछ ।
यसका साथै कहिलेकाहीं हामीलाई यस्ता समस्या देखा परेको खण्डमा भने, हामीले हाम्रो शरीरमा यस्ता समस्या के कारणले देखा परेको हो कारण पत्ता लगाई सोही अनुरुप उपचार गर्नुपर्दछ ।
यसबाहेक हामीले पानीको सेवन अत्याधिक मात्रामा गर्ने, हल्का शारीरिक व्यायाम गर्ने र बिहान बेलुका बिरे नुन र ज्वानो मिश्रित पानीको सेवन गर्नुपर्दछ । तर, उक्त उपायहरुले पनि काम नगरी निरन्तर यस्तो समस्या देखा परेमा तुरुन्त चिकित्सक संग सल्लाह लिनुपर्दछ ।
-एजेन्सीको सहयोगमा
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया